BIZMANDU
www.bizmandu.com

धारा तोरीको तेल उत्पादन गर्ने सौरभ तेलको कारोबारमा ४८% को उछाल, एकै वर्ष करिब २ अर्बको व्यापार

२०७९ भदौ २१

धारा तोरीको तेल उत्पादन गर्ने सौरभ तेलको कारोबारमा ४८% को उछाल, एकै वर्ष करिब २ अर्बको व्यापार
धारा तोरीको तेल उत्पादन गर्ने सौरभ तेलको कारोबारमा ४८% को उछाल, एकै वर्ष करिब २ अर्बको व्यापार



काठमाडौं। धारा तोरीको तेल उत्पादन गर्ने सौरभ तेल तथा एग्रो इन्डस्ट्रिजको कारोबार सन् २०२१ मा ४८ प्रतिशतले उकालो लागेको छ। रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिङ रेटिङ नेपालका अनुसार कम्पनीले २०२१ मा एक अर्ब ९३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ।

Tata
Global Ime

२०२० मा कम्पनीले एक अर्ब ३० करोड ४० लाखको कारोबार गरेको थियो। यो २०१९ को तुलनामा ३५ प्रतिशत बढी थियो। २०१९ मा कम्पनीले ९७ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो। 

केएल दुगड समूहको लगानी रहेको यस कम्पनीले धारा तोरीको तेलसँगै ज्ञान ब्राण्डमा दाल प्रशोधन गरी बिक्री गर्छ। बाँकेको कोहलपुरमा प्लान्ट रहेको कम्पनीसँग वार्षिक १० हजार पाँच सय टन तोरीको तेल र १४ हजार चार सय टन दाल र नौ हजार आठ सय टन डिओइल्ड केक्स जडित क्षमता छ। 

सन् २०२१/२२ को ११ महिनामा कम्पनीले तोरीको तेलबाट ६७ प्रतिशत कमाएको रेटिङ विवरणमा उल्लेख छ। २०२१ मा पनि ६७ प्रतिशत नै तोरीको तेल बिक्रीबाट आर्जन गरेको थियो। २०२० मा यो ८० प्रतिशत थियो। सन् २०२० मा भगिनी संस्था ज्ञान फुड प्रडक्ट्सलाई मर्ज गरेपछि कम्पनीले १४ करोड ४० लाख रुपैयाँको सम्पत्ति विस्तार गरेको थियो। 

कम्पनीले ८० देखि ९० प्रतिशत तेलको गेडा भारतबाट आयात गरेको थियो। कम्पनीले दुई अर्ब १० करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। ३५ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि कम्पनीले आइआरएन डबल बी माइनस र एक अर्ब ७५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन ए फोर रेटिङ पाएको छ।