BIZMANDU
www.bizmandu.com

विकास फ्लोर मिलको कारोबार २.२० अर्ब नाघ्यो, दुगड समूहको कम्पनीले १.७१ अर्ब ऋण लिँदै

२०७९ भदौ २१

विकास फ्लोर मिलको कारोबार २.२० अर्ब नाघ्यो, दुगड समूहको कम्पनीले १.७१ अर्ब ऋण लिँदै
विकास फ्लोर मिलको कारोबार २.२० अर्ब नाघ्यो, दुगड समूहको कम्पनीले १.७१ अर्ब ऋण लिँदै


काठमाडौं। केएल दुगड समूहको लगानी रहेको विकास फ्लोर मिल प्रालिले सन् २०२१ मा दुई अर्ब २० करोड २० लाख रुपैयाँको व्यापार गरेको छ। गहुँसहित विभिन्न पिठोका प्रडक्ट प्रशोधन तथा उत्पादन गर्ने कम्पनीले लिटो, चिउरालगायतका खाद्यान्न बिक्री गर्दै आएको छ। 

Tata
Global Ime

कम्पनीले २०२० मा दुई अर्ब १८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो। २०१९ मा एक अर्ब ९५ करोड ४० लाखको व्यापार कम्पनीले गरेको थियो। 

सन् २०२० जुलाईमा प्रतिभा राइस मिल कम्पनीसँग मर्ज भएको थियो। बाँकेको धामबोजीमा प्लान्ट रहेको कम्पनीसँग वार्षिक तीन हजार टन क्षमता आँटा, वार्षिक १६ हजार ९७६ टन चामल, वार्षिक २५ हजार टन चक्की आँटा उत्पादन गर्ने क्षमता छ। यस्तै, पिठो उत्पादन गर्न वार्षिक ३२ हजार चार सय टन र वार्षिक चार हजार टन उत्पादन गर्न सक्ने लिटो प्लान्ट छ। 

कम्पनीले एक अर्ब ७१ करोड रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट रेटिङ पाएको छ। ४१ करोड ३२ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि आइआरएन डबल बी प्लस र एक अर्ब २९ करोड ६८ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन ए फोर प्लस रेटिङ दिएको छ।