BIZMANDU
www.bizmandu.com

डेढ महिनापछि बल्ल एनएसीको न्यारोबडी जहाजको मर्मतको ठेक्का, कहिले बन्छ निश्चित छैन

२०७९ भदौ २२

डेढ महिनापछि बल्ल एनएसीको न्यारोबडी जहाजको मर्मतको ठेक्का, कहिले बन्छ निश्चित छैन
डेढ महिनापछि बल्ल एनएसीको न्यारोबडी जहाजको मर्मतको ठेक्का, कहिले बन्छ निश्चित छैन


काठमाडौं। नेपाल वायुसेवा निगमले करिब डेढ महिनापछि ग्राउण्डेड न्यारोबडी जहाजको इन्जिन मर्मतका लागि ठेक्का आह्वान गरेको छ। अहिले प्रारम्भिक प्रकृया सुरु भएपनि जहाज रिलिज हुने समय निश्चित छैन।

Tata
Global Ime

निगमले केहि दिन अघि मात्र ओरिजिनल इक्विपमेन्ट म्यानिफ्याक्चर (ओइएम)/मेन्टिनेन्स रिपेयर अर्गनाइजेशनका लागि अन्तर्राष्ट्रिय कम्पनीको माग आह्वान गरेको हो।

जहाजको भी १७५८५ सिरियल नम्बरको दायाँ पट्टीको इन्जिनमा समस्या आएपछि ग्राउन्डेड छ।निगमले छिट्टै योग्य कम्पनी छनोट जहाज मर्मत गर्ने निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्।

'जहाज मर्मतसंभारको काम छिट्टै सक्ने योजना बनाएका छौं। अहिले एउटा जहाज नहुँदा हामीले बाँकी तीनवटै जहाजलाई फुल फ्लेजमा प्रयोग गरी सेवा दिँदै आएका छौ,' उनले भनिन्।

आठ महिनाअघि यही जहाजको वायाँ पट्टीको इन्जिन फेल भएर ग्राउण्डेड भएको थियो। '९ एन-एकेडब्लु' कलसाइनको यो न्यारोबडी जहाजको निगमले सात वर्षअघि खरिद गरेको हो। सात हजारभन्दा बढी साइकल पार गरेको यो इन्जिनले करिब १९ हजार फ्लाइङ आवर पार गरिसकेको छ।