BIZMANDU
www.bizmandu.com

लघु बीमाको लाइसेन्सका लागि सूचना जारी गरेको १२ दिन पुग्यो, अहिलेसम्म आवेदन परेन

२०७९ भदौ २२

लघु बीमाको लाइसेन्सका लागि सूचना जारी गरेको १२ दिन पुग्यो, अहिलेसम्म आवेदन परेन
लघु बीमाको लाइसेन्सका लागि सूचना जारी गरेको १२ दिन पुग्यो, अहिलेसम्म आवेदन परेन


काठमाडौं। बीमा समितिले सूचना जारी गरेको झण्डै दुई सातासम्म पनि लघु बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन परेको छैन। समितिले भदौ १० गते लघु बीमा कम्पनीको लाइसेन्सका लागि सूचना जारी गरेको थियो।

Tata
Global Ime

समितिले जीवन र निर्जीवन गरेर ७ वटा लाइसेन्स दिने गरी सूचना जारी गरेको थियो। समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले अहिलेसम्म एउटा पनि आवेदन नपरेको जानकारी दिँदै ३५ दिनको समय भएकाले आवेदन नपरेको हुनसक्ने बताए।

चालु आर्थिक वर्षको बजेटमा छुट्टै लघु बीमा कम्पनीको स्थापना गर्ने भनिएको थियो। हाल निर्जीवन बीमा कम्पनीहरुले लघु व्यवसायको बीमा गर्दै आएका छन्। समितिले लघु बीमकको दर्ता सम्बन्धी कार्यलाई पारदर्शी र व्यवस्थित बनाउन लघु बीमा निर्देशिका-२०७९ समेत जारी गरेको छ ।

तोकेको समय भित्र प्राप्त प्रस्तावहरु मध्ये समितिबाट तयार हुने मूल्यांकनका आधारहरुमा उच्चतम अंक प्राप्त गर्ने ७ वटा लघु बीमा छनोट गरिने उल्लेख छ।