BIZMANDU
www.bizmandu.com

प्रभु क्यापिटलका ग्राहकले गोल्ड जिममा ३० प्रतिशत छुट पाउने, जिमसँग भयो सम्झौता

२०७९ भदौ २२

प्रभु क्यापिटलका ग्राहकले गोल्ड जिममा ३० प्रतिशत छुट पाउने, जिमसँग भयो सम्झौता
प्रभु क्यापिटलका ग्राहकले गोल्ड जिममा ३० प्रतिशत छुट पाउने, जिमसँग भयो सम्झौता


काठमाडौं। प्रभु क्यापिटलका ग्राहकहरुलेले गोल्ड जिममा विशेष छुट पाउने भएका छन्। प्रभु क्यापिटल र बियोन्ड फिट प्राइभेट लिमिटेडबीच भदौ १९ गते भएको सम्झौता अनुसार हितग्राही ग्राहकले गोल्ड जिमबाट सेवा लिँदा ३० प्रतिशत छुट पाउने भएका हुन्।

Tata
Global Ime

सम्झौता अनुसार एकल वा जोडी जुनसुकै सदस्यता लिएर वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा सेवा लिँदा सो छुट पाउने प्रभु क्यापिटलले जनाएको छ। 

यो योजनाबाट लाभ लिन हितग्राहीले बिल भुक्तानी गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ। यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट समझौताको मितिदेखि तीन महिनासम्म लिन सक्ने बताइएको छ। हाल प्रभु क्यापिटलले २ लाख १५ हजारभन्दा बढी हितग्राही ग्राहकलाई डिपी सेवा प्रदान गर्दै आइरहेको छ।

जिम भैंसेपाटी कम्पलेक्स (दोस्रो तल्ला) र एकान्तकुना–टीकाभैरव रोडमा छ।