BIZMANDU
www.bizmandu.com

अमेरिकी सफ्टवेयर कम्पनी सेन्सहकमा मुकेश अम्बानीको लगानी, रिलायन्सले ७९.४% सेयर किन्यो

२०७९ भदौ २३

भारतीय उद्योगपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज लिमिटेडले अमेरिकी सफ्टवेयर कम्पनी सेन्सहकको ७९.४ प्रतिशत सेयर खरिद गरेको छ।

Tata
Global Ime

प्राथमिक सेयर निस्काशन (इन्फ्युजन) तथा दोस्रो बजारमा खरिदमार्फत रिलायन्सले ३ करोड २० लाख अमेरिकी डलर खर्चेर कम्पनीको ठूलो मात्रालमा सेयर स्वामित्व लिएको कम्पनीले बीएसई फाइलिङमा बताएको छ।

सन् २०१८ मा स्थापना भएको सेन्सहक सोलार उर्जा उत्पादन उद्योगको लागि सफ्टवेयर-आधारित व्यवस्थापन उपकरणहरूको प्रारम्भिक चरणको डेभलपर हो।

क्यालिफोर्नियामा केन्द्रीय कार्यालय रहेको सेन्सहकले कम्पनीहरूलाई सोलार प्रोजेक्टहरूको प्रारम्भिक योजनादेखि उत्पादनसम्मको प्रक्रियामा गति बढाउन मद्दत गरी सुव्यवस्थित गर्न र अटोमेसनमा लैजान मद्दत गर्दै आएको छ।

सेन्सहक र उसको गतिशील टिमलाई स्वागत गर्दै रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष र प्रबन्ध निर्देशक मुकेश अम्बानीले भने, ‘रिलायन्स हरित ऊर्जा क्षेत्रमा क्रान्तिकारी परिवर्तन गर्न प्रतिबद्ध छ। सन् २०३० सम्ममा १०० गिगावाट सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ। सेन्सहकसँगको सहकार्यमा, हामी लागत घटाउनेछौं, उत्पादकता बढाउनेछौं र सोलार प्रोजेक्टहरूका लागि सबैभन्दा सस्तो उत्पादन लागत प्रदान गर्न समयमै कार्यसम्पादन सुधार गर्नेछौं।’

रिलायन्सको परम्परागत फोसिल इन्धन व्यवसायलाई नवीकरणीय ऊर्जा व्यवसायतर्फ मोड्दै अम्बानीले गत जुनमा, गुजरातको जामनगरमा रहेको पाँच हजार एकड जमीनमा धीरुभाई अम्बानी ग्रीन एनर्जी गीगा कम्प्लेक्स स्थापना गर्ने योजनाको अनावरण गरेका थिए।

गत महिना मात्रै, अम्बानीले पावर इलेक्ट्रोनिक्सको लागि गिगा कारखाना स्थापना गर्ने योजना घोषणा गरेका थिए।

रिलायन्ससँगको यस साझेदारीको बारेमा टिप्पणी गर्दै, सेन्सहकका सीइओ र सहु-संस्थापक स्वरूप मावानूर भन्छन्, ‘रिलायन्सले हामीमा देखाएको विश्वासबाट हामी खुसी छौं।’

सेन्सहक र रिलायन्सबीच भएको यस खरिद बिक्री प्रक्रिया सन् २०२२ को अन्त्यसम्म पूरा हुने अपेक्षा गरिएको छ।