BIZMANDU
www.bizmandu.com

मौसमी प्रतिकुल हुँदा लुक्ला उडान बिहानैदेखि अवरुद्ध, अरु गन्तव्यमा भने उडान सामान्य

२०७९ भदौ २३

मौसमी प्रतिकुल हुँदा लुक्ला उडान बिहानैदेखि अवरुद्ध, अरु गन्तव्यमा भने उडान सामान्य
मौसमी प्रतिकुल हुँदा लुक्ला उडान बिहानैदेखि अवरुद्ध, अरु गन्तव्यमा भने उडान सामान्य

काठमाडौं। मौसमी प्रतिकुल हुँदा बिहीबार बिहानैदेखि लुक्ला उडान अवरुद्ध भएको छ। केही दिन अघिदेखि मौसमी बदलीका कारण लुक्ला तर्फको नियमित उडान रद्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

Tata
Global Ime

लुक्लाबाहेकका अरु अधिकांश गन्तव्यतर्फको उडान भने सामान्य रहेको विमानस्थलका एक कर्मचारीले बताए। 'केही दिनयता लुक्लातर्फको उडान अवरुद्ध हुँदै आएको छ। अरु गन्तव्य तर्फको उडान यतिखेरसम्म सामान्य देखिएको छ,' उनले भने।

लुक्ला तर्फ तारा, सीता, समिट लगायत विभिन्न वायुसेवा कम्पनीले नियमित उडान गर्दै आएका छन्।  विमानस्थल कार्यालयका अनुसार आज काठमाडौंबाट कुल एक सय ३२ वटा उडानको तालिका रहेको छ।

मुलुकमा बुद्ध, यती, श्री, सौर्य, गुण, तारा, सीता, समिट, नेपाल वायुसेवा निगम लगायत वायुसेवा कम्पनीले नियमित उडान सेवा दिँदै आएका छन्।