BIZMANDU
www.bizmandu.com

दसैंका लागि व्यापारिक मलको छैन आकर्षक अफर, त्यही भएर ढिला गर्दैछन् अफर ल्याउन पनि


दसैंका लागि व्यापारिक मलको छैन आकर्षक अफर, त्यही भएर ढिला गर्दैछन् अफर ल्याउन पनि
दसैंका लागि व्यापारिक मलको छैन आकर्षक अफर, त्यही भएर ढिला गर्दैछन् अफर ल्याउन पनि


काठमाडौं। सपिङ मलहरुमा चाडपर्व लक्षित अफर असोज लागेपछि सुरु हुने भएको छ। हरेक वर्ष उपत्यकामा रहेका ठुला सपिङ मलहरुले चाडपर्व को समयमा उपभोक्ता लक्षित गरेर अफरहरु ल्याउने गरेका छन्।

Tata
Global Ime

चाडपर्वको समयमा ग्राहकलाई आकर्षित गराउन मलहरुले विभिन्न इभेन्ट, सामान खरिद गर्दा ५ देखि ५० प्रतिशतसम्म छूट, इलेक्ट्रोनिक्स सामान किन्दा लक्की ड्र राख्ने गरेका छन्। कोभिडका कारण दुई वर्ष यता मलहरुले ठूला स्किम राख्न छोडेका छन् भने सपिङ गर्ने  ग्राहकको उपस्थिति  पनि घट्न थालेको छ।

यति बेला चाडपर्व लक्षित अफर ल्याउने बारे छलफल भइरहेको र असोज १ गतेदेखि कार्यान्वयनमा ल्याउने सिभिल मलका महाप्रबन्धक विश्व प्रकाश मास्केले बताए। उनले आयातमा शतप्रतिशत मार्जिन, तरलता अभाव लगायतका कारण व्यापार राम्रो नरहेको र दसैंमा पनि धेरै हुने अपेक्षा नरहेको बताए। मास्केका अनुसार मुलुकको आर्थिक अवस्था हेरेर नै अफर ल्याउन ढिला भएको हो।

 मलले  गत वर्ष  दसैंतिहारका लागि टीभीएसको अपाचे आरटीआर बाइक, एलजी, सीजी इलेक्ट्रोनिक्स प्रोडक्टहरु, पोखराको ट्रिप प्याकेज र गिफ्ट भौचर दिएको थियो।

त्यस्तै ,कमलपोखरीमा रहेको सिटी सेन्टरमा पनि स्किमका बारेमा छलफल भइरहेको लिज म्यानेजर कृष्ण भट्टाराईले बताए। मलमा गत वर्षको जस्तै छुट र अफरहरु लागु हुने उनले बताए। उनले यो वर्ष पनि गत वर्षजस्तै अफर ल्याउने जानकारी दिए। ललितपुरमा रहेको लबिम मलले घटस्थापनाको केही दिन अघि मात्रै अफर ल्याउने जानकारी दिएको छ। मलकी लिज म्यानेजर खुश्बु सिंहले घट्स्थापनाको केही दिन अघि गत वर्षको जस्तै अफर ल्याउने जानकारी दिईन्।

यो मलले गत लक्की ड्रमार्फत स्कुटर र बाइक दिएको थियो  भने ५ सय रुपैयाँसम्मको सामान खरिद गर्ने ग्राहकको लागि कुपन राखिएको थियो।
साथै , गोगंबुमा रहेको बिजी मल, चाबहिलमा रहेको रहेको के एल टावर, जमलमा रहेको विश्वज्योती र बानेश्वरमा रहेको आइप्लेक्स मलमा पनि चाडपर्व लक्षित अफर ल्याउने जानकारी दिएको छ। चार वटा मलको ब्रान्डिङ हेरिरहेको नेपाल इभेन्टका संचालक हिरामणी तिमिल्सिनाले घटस्थापनाको केही दिन अघिदेखि अफर सुरु हुने जानकारी दिए।

कोभिडपछि ग्राहक नभएपछि आकर्षक अफर ल्याउन मललाई समेत कठिन भएको छ भने राम्रा कर्पोरेट हाउसले पनि ब्राण्डिङ गरेका छैनन्। मलले विभिन्न सवारी साधनको बिक्रेता र इलेक्ट्रोनिक्स ब्राण्डसँग सहकार्य गरेर अफरहरु ल्याउने गर्थे। मलमा ग्राहक नगएपछि ती कम्पनीहरुले पनि ब्राण्डिङका लागि पैसा खर्च गर्न रोकेका छन्। त्यही भएर काठमाडौं उपत्यकामा रहेका मलहरुले आफ्नै पसलसँग सहकार्य गरेर छुट योजना ल्याइरहेका छन्।