काठमाडौं। निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले वर्ल्ड कम्युनिकेसन अवार्ड २०२२ को दुईवटा विधामा सर्टलिस्ट भएको छ।
एनसेल ‘द सोसल कन्ट्रिब्युसन अवार्ड’ र ‘कस्टमर एक्सपिरियन्स अवार्ड’ मा सर्टलिस्ट भएको छ।
विश्वभरका अन्य दूरसञ्चारसम्बन्धी कम्पनीहरु एनसेलसँगै सर्टलिस्ट भएका छन्।
विज्ञसहितको जुरी प्यानलले एनसेललाई सर्टलिस्ट गरेको छ। आगामी नोभेम्बर १ मा बिजेताको घोषणा हुनेछ।