BIZMANDU
www.bizmandu.com

फक्सवागनले नयाँ टाइगुन एसयुभी एनिभर्सरी संस्करण सार्वजनिक गर्‍यो, मूल्य १६.९० लाख भारु

२०७९ भदौ २५

फक्सवागनले नयाँ टाइगुन एसयुभी एनिभर्सरी संस्करण सार्वजनिक गर्‍यो, मूल्य १६.९० लाख भारु
फक्सवागनले नयाँ टाइगुन एसयुभी एनिभर्सरी संस्करण सार्वजनिक गर्‍यो, मूल्य १६.९० लाख भारु


काठमाडौं। फक्सवागनले नयाँ टाइगुन एसयूभी एनिभर्सरी संस्करण सार्वजनिक गरेको छ। कम्पनीले भारतमा उत्पादन गरेको पहिलो कम्प्याक्ट एसयूभी टाइगुनको एक वर्ष पुरा भएको अवसरमा सो संस्करण ल्याएको हो।

Tata
Global Ime

फक्सवागनले भारतमा यो नयाँ टाइगुन एसयूभीको एनिभर्सरी संस्करणमा एउटा इन्जिन विकल्पमा ल्याएको छ। कम्पनीले यसलाई टपलाइन भेरिन्यन्ट १.० लिटरको टीएसआई इन्जिनमा उपलब्ध रहेको बताएको छ।

कम्पनीका अनुसार राइजिङ ब्लू र वाइल्ड चेरी रेड कलर मात्र यो गाडी उपलब्ध रहेको जनाएको छ। कम्पनीले इन्टेरियर र एक्सटेरियरमा फस्ट एनिभर्सरीको ब्याजिङ समेत दिएको छ।

यो पूर्ण रुपमा अपडेटेड संस्करण हो। यसले एक लिटर पेट्रोलमा १९.२० किलोमिटर दुरी पार गर्न सक्छ। यसको मूल्य भारतमा १६ लाख ९० हजार भारु तोकिएको छ।