BIZMANDU
www.bizmandu.com

चार दशक अगाडि संचालनमा आएको बाराहीलाई उत्कृष्ट होटलको सम्मान, सुरुमा १० रुपैयाँमा कोठा

२०७९ भदौ २६

चार दशक अगाडि संचालनमा आएको बाराहीलाई उत्कृष्ट होटलको सम्मान, सुरुमा १० रुपैयाँमा कोठा
चार दशक अगाडि संचालनमा आएको बाराहीलाई उत्कृष्ट होटलको सम्मान, सुरुमा १० रुपैयाँमा कोठा


काठमाडौं। चार दशक अघि संचालनमा आएको पोखराको होटल बाराहीले पोखरा उद्योग वाणिज्य संघबाट उत्कृष्ट होटल सम्मान पाएको छ।

Tata
Global Ime

 यो सम्मान गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले बाराही ग्रुपका निर्देशक वैभव पौडेललाई हस्तान्तरण गरेका हुन्।

चार दशक अगाडि पोखराको लेकसाइडमा हरिप्रसाद पौडेलले सुरु गरेको यो होटल उद्योग हाल उनका छोरा विप्लव र वैभवले सम्हाल्दै आएका छन्।

सुरुवातमा प्रतिकोठा १० रुपैयाँबाट विक्री सुरु गरेको होटलले अहिले पर्यटन विभागबाट चार तारे होटलको मान्यता पाइसकेको छ। संचालक पौडेलका अनुसार हाल बाराहीमा ८० वटा कोठा रहेका छन्, जहाँ एकैपटकमा दुई सय जनासम्म बास बस्न सक्छन्।

आकर्षक स्वीमिङ पुल र गार्डेन रहेको होटलमा कन्फ्रेन्स हल, डेस्टिनेसन वेडिङ र अन्य इभेन्ट्स गर्न सकिने सुविधा रहेको उनले जानकारी दिए।

हाल यो समुह अन्तर्गत चितवनमा बाराही जंगल लज, पोखरामा व्यञ्जन रेस्टुरेन्ट, सराङकोट माउन्टेन लज, आवास पोखरा, द बिच बार एन्ड लज, बब्स जिम सञ्चालनमा छन् भने काठमाडौंको ठमेलमा चार तारे बाराही काठमाडौं सञ्चालनको अन्तिम तयारीमा रहेको छ।