BIZMANDU
www.bizmandu.com

कोरियाली कम्पनी मोट्रेक्ससँग परियोजना लगानी सम्झौता गर्ने तयारी, विद्युतीय गाडी एसेम्बल गर्ने

२०७९ भदौ २६

काठमाडौं। लगानी बोर्डको कार्यालयले दक्षिण कोरियाली कम्पनी मोट्रेक्ससँग विद्युतीय कारको मात्रै एसेम्बल गर्ने गरि परियोजना लगानी सम्झौता (पीआइए)को तयारी गरेको छ।

Tata
Global Ime

 'मोट्रेक्ससँग सकारात्मक वार्ता भइरहेको छ,' लगानी बोर्डको कार्यालयका उपसचिव एवम सहप्रवक्ता रमेश अधिकारीले भने,' पीआइए गर्ने निष्कर्षमा पुगेका छौ। ' बोर्डसँग कम्पनीले २०७६ मंसिर २५ गते प्रारम्भिक सम्झौता गरेको थियो।

बोर्डको ४६औं बैठकले चार पांग्रे सवारी साधनको एसेम्बल्ड प्लान्टका लागि स्वीकृति दिएको थियो।

यो कम्पनीलाई १० अर्ब ५४ करोड रुपैयाँको विदेशी लगानी स्वीकृत गर्दै  चार पांग्रे गाडी एसेम्बल्ड गर्न स्वीकृति दिइएको छ। कम्पनीले पहिलो वर्ष ५ हजार ८ सय २०, दोस्रो वर्ष ९ हजार ५ सय ३०, तेस्रो वर्ष १५ हजार ८०, चौथो वर्ष २० हजार थान सवारी उत्पादन गर्ने उल्लेख गरेको थियो।

बोर्डका अधिकारीहरुका अनुसार मोट्रेक्स विद्युतीय कार मात्रै उत्पादनका लागि सहमत भइसकेको छ। कम्पनीले पछिल्लोपटक बोर्डलाई पत्राचार गर्दै विद्युत कार एसेम्बल गर्न तयार रहेको भन्दै सबैखाले भन्सार महसुल, मूल्य अभिवृद्धि कर, दर्ता शुल्क, सडक कर लगायत बिक्री कर लगायत कुनै पनि शीर्षकमा कर लिन नहुने पनि माग राखेको छ।