BIZMANDU
www.bizmandu.com

ठोकर्पा आधारभूत अस्पतालका लागि नेशनल लाईफले २० लाख रुपैयाँ सहयोग गर्‍यो

२०७९ भदौ २६

ठोकर्पा आधारभूत अस्पतालका लागि नेशनल लाईफले २० लाख रुपैयाँ सहयोग गर्‍यो
ठोकर्पा आधारभूत अस्पतालका लागि नेशनल लाईफले २० लाख रुपैयाँ सहयोग गर्‍यो

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्सले सुनकोशी गाउँपालिकामा स्वास्थ्य सेवा उपलब्ध गराउन २० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले सामाजिक उत्तरदायित्व वहन गर्दै यो सहयोग गरेको हो।

Tata
Global Ime

ठोकर्पामा आधारभूत अस्पताल स्थापनाका लागि कम्पनीले सहयोग गरेको हो। यो अस्पतालको निर्माणपछि त्यहाँका स्थानीयले सर्वसुलभ स्वास्थ्य सेवा पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सुनकोशी गाउँपालिका र एक पाईला फाण्डेसनले संयुक्त रुपमा कार्यक्रम गर्दै अस्पताललाई सहयोग गर्ने संस्थालाई केही दिन अघि सम्मान समेत गरेको थियो।

अस्पताल व्यवस्थापनले कम्पनीका उपकार्यकारी प्रमुख प्रतापमान श्रेष्ठलाई सम्मान गरेको थियो।