BIZMANDU
www.bizmandu.com

सुगतरत्न कंसाकारका छोरा सुमीररत्नको नगरकोटमा रिसोर्ट, १ अर्ब बढी लगानी, अर्को महिना लन्च

२०७९ भदौ २७

सुगतरत्न कंसाकारका छोरा सुमीररत्नको नगरकोटमा रिसोर्ट, १ अर्ब बढी लगानी, अर्को महिना लन्च
सुगतरत्न कंसाकारका छोरा सुमीररत्नको नगरकोटमा रिसोर्ट, १ अर्ब बढी लगानी, अर्को महिना लन्च

काठमाडौं। सुगतरत्म कंसाकारका छोरा सुमीररत्न कंसाकारको लगानीमा नगरकोटमा निर्माणाधीन रिसोर्टको काम अन्तिम चरणमा पुगेको छ। कम्पनीमा पद्मिनी कंसाकारले पनि लगानी गरेकी छिन्। 

Tata
Global Ime

१ अर्ब १६ करोड ६० लाख रुपैयाँ अनुमानित लागतमा निर्माण भइरहेको उक्त रिसोर्ट अर्को महिना सफ्ट ओपनिङ गर्ने तयारी छ। टायो इको रिसोर्ट होटल प्रालिको नाममा कंसाकार परिवारले २८ रोपनी जग्गामा रिसोर्ट बनाइरहेको छ। 

रिसोर्टमा ४२ वटा कोठा रहने छन्। जसमा दुईवटा सुइट रुम रहने बताइएको छ। परम्परा र प्रविधिको मिश्रणमा उक्त रिसोर्टमा आधुनिक सेवा सुविधासहित नेवारी आर्किटेक्चर प्रयोग भइरहेको कम्पनीले जनाएको छ।  

रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ८३ करोड २५ लाख रुपैयाँ बैकिङ कर्जाका लागि कम्पनीलाई रेटिङ दिएको छ। कम्पनीले ८१ करोड ८० लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि आइआरएन डबल बी माइनस र १ करोड ४५ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन ए फोर रेटिङ पाएको छ।