BIZMANDU
www.bizmandu.com

खाद्यान्न व्यापार गर्ने मस्त ग्रुपको कारोबारमा उछाल, २ अर्ब बढीको कारोबार, १.२७ अर्ब ऋण लिँदै

२०७९ भदौ २७

खाद्यान्न व्यापार गर्ने मस्त ग्रुपको कारोबारमा उछाल, २ अर्ब बढीको कारोबार, १.२७ अर्ब ऋण लिँदै
खाद्यान्न व्यापार गर्ने मस्त ग्रुपको कारोबारमा उछाल, २ अर्ब बढीको कारोबार, १.२७ अर्ब ऋण लिँदै

काठमाडौं। खाद्यान्न आयात र ट्रेडिङमा सक्रिय मस्त ग्रुप प्रालिको कारोबारमा उछाल देखिएको छ। कम्पनीले चामल, गेडागुडी, मकै, गहुँ तथा अन्य खाद्यान्नको व्यापार गर्छ। कम्पनीले राजहंस तेल र रोयल भोग ब्राण्डमा खानेतेल र चामलको बिक्री गर्छ। 

Tata
Global Ime

कम्पनीले २०२१/२२ मा २ अर्ब २ करोड ७० लाख रुपैयाँको व्यापार (अपरिष्कृत) गर्ने रेटिङ एजेन्सी इन्फोमेरिक्स रेटिङ्स नेपालले जनाएको छ। २०२१ मा कम्पनीले जम्मा ५० करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो। 

कम्पनीको अध्यक्ष जीवन चलाउने छन् भने जगतबहादुर धामी र श्याम थापा निर्देशक हुन्। 

कम्पनीले १ अर्ब २७ करोड ५६ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। १८ करोड ५० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि आइआरएन डबल बी र १ अर्ब ९ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन ए फोर रेटिङ पाएको छ।