.jpg)
काठमाडौं। सुन मंगलबार तोलामा एक सय रुपैयाँ घटेको छ। प्रतितोला ९३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार तोलामा ३ सय रुपैयाँले घट्दा कारोबार मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ थियो।
तीन दिनदेखि स्थिर रहेको चाँदीको मूल्य मंगलबार तोलामा ३५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँ भएको छ। सोमबार प्रति तोला ११ सय ५० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य बढे पनि स्थानीय बजारमा घटेको छ। सोमबार १७१३.८९ डलर प्रतिऔंसमा कारोबार भएको सुन मंगलबार प्रतिऔंस १७२२.०८ डलर छ।
चाँदी मंगलबार प्रतिऔंस १९.७१ डलर छ। सोमबार प्रतिऔंस १८.९२ डलर थियो।