BIZMANDU
www.bizmandu.com

प्लाइउड उत्पादन गर्ने भगवती लेमिनेट्सको कारोबार ७८ करोड नाघ्यो, अर्बभन्दा बढी ऋण लिँदै

२०७९ भदौ २८

प्लाइउड उत्पादन गर्ने भगवती लेमिनेट्सको कारोबार ७८ करोड नाघ्यो, अर्बभन्दा बढी ऋण लिँदै
प्लाइउड उत्पादन गर्ने भगवती लेमिनेट्सको कारोबार ७८ करोड नाघ्यो, अर्बभन्दा बढी ऋण लिँदै



काठमाडौं। प्लाइउड उत्पादक कम्पनी भगवती लेमिनेट्स प्रालिले २०२१/२२ मा ७८ करोड १० लाख रुपैयाँ कारोबार गरेको छ। यस अघिका वर्षभन्दा कारोबार निकै उत्साहजनक रूपमा बढेको अपरिष्कृत वित्तीय विवरणले देखाएको छ। 

Tata
Global Ime

कम्पनीले २०१८/१९ मा स्थापना भएको कम्पनीले उक्त वर्षको ५ महिनामा १४ करोड २० लाखको कारोबार गरेको थियो। पछि २०१९/२० मा ४८ करोड ३० लाख र २०२०/२१ मा ६४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो। 

कम्पनी आफूलाई आवश्यक उत्तीसको काठ स्थानीय बजारबाट खरिद गर्छ भने र आवश्यक रसायनसहितका कच्चा पदार्थ भारतबाट आयात गरिरहेको छ। नेप्ली ब्राण्डमा कम्पनीले प्लाइउड, प्लाइबोर्ड, ढोका उत्पादन र बिक्री गर्छ।

झापामा उत्पादन प्लान्ट रहेको कम्पनीसँग वार्षिक ३४ लाख २० हजार वर्गफिट प्लाइउड र १२ लाख थान लेमिनेट्स उत्पादन गर्ने जडित क्षमता छ। 

लेमिनेट्स उत्पादनकका लागि उपकरण कमिसनिङको प्रक्रियामा रहेको बताइएको छ। 

कम्पनीमा सात जनाको सेयर स्वामित्व छ। कम्पनीमा बिनित अग्रवालको ४० प्रतिशत, रजनीश कर्नानी र नर्मला कर्नानीको समान १५/१५ प्रतिशत सेयर स्वामित्व छ। बाँकी ३० प्रतिशतमा भने अन्य चार जनाको स्वामित्व छ। 

कम्पनीले एक अर्ब १० करोड रुपैयाँको बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ। ५५ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एल डबल बी माइनस र ५५ करोड रुपैयाँकै अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पाएको छ।