BIZMANDU
www.bizmandu.com

आइएमई मोटर्सको अशोक लेल्याण्ड गाडीहरुमा चाडपर्ब अफर

२०७९ भदौ २८

काठमाडौं। आइएमई मोटर्सले दसैँ तिहारलाई लक्षित गरी अशोक लेल्याण्ड गाडीहरुमा चाडपर्ब, हर्षको बहार लैजानुहोस् छानी छानी उपहार अफर सार्वजनिक गरेको छ। 

Tata
Global Ime

यो अफर आन्तर्गत साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाईल फोन अथवा दुई जनालाई थाइल्यान्ड टुर पाउनेछन्।

आइसिभी/ट्रक/ टिप्पर/ आइसिभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा दुई  जनाले सिंगापुर टुर पाउनेछन्। एम एण्ड एचसीभी/ट्रक/ टिप्पर/ एमडीभी बसमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा एक जनालाई युरोप टुरमध्ये एक छानेर लिन सक्नेछन।

कम्पनीले उपहार सहित ३० प्रतिशत डाउनपेमेन्ट गरेर वाँकी ७० प्रतिशत रकमलाई सरल किस्तावन्दीमा भुक्तानी गर्नेगरी कुनै पनि सवारीसाधनहरु खरिदगर्न सक्नेछन। 

अफर कमर्सियल भेहिकलका सम्पूर्ण रेन्जका सवारीसाधनहरुमा उपलब्ध हुने र सीमित अवधिका लागि मात्र लागु गरिएको कम्पनीले जनाएको छ।