काठमाडौं। मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले नेपालमा आफ्नो उच्च वृद्धि रणनीतिलाई निरन्तरता दिँदै नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको छ।
प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथ नयाँ हिरो सुपर स्प्लेन्डर सुपर–पावर, सुपर–माइलेज र सुपर–कम्फर्टको तेब्बर (ट्रिपल) ल्याइएको विज्ञप्तिमा उल्लेख छ।
यसले परिष्कृत ईन्धन दक्षता प्रदान गर्दछ तथा यसलाई नयाँ डिजी–एनालग क्लस्टर, इन्टिग्रेटेड यूएसबी चार्जर, साइड–स्ट्यान्ड इन्जिन कट–अफ र रिफ्रेस लुकजस्ता रोमाञ्चक नयाँ सुविधाहरूले पावर–प्याक गरिएको छ।
मोटरसाइकलको मूल्य २ लाख ६६ हजार रुपैयाँ पर्छ।
नेपाल हिरोका लागि एक प्रमुख बजार हो र आफ्नो पोर्टफोलियोमा नयाँ सुपर स्प्लेन्डर थपिएसँगै यसले आफ्नो उत्पादन पोर्टफोलियोलाई थप मजबुत बनाएको विज्ञप्तिमा उल्लेख छ।
हिरो मोटोकर्पले सन् २०१० मा नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेड (एनजिएम) लाईआफ्नो आधिकारिक वितरक नियुक्त गरि नेपालमा प्रवेश गरेको थियो। यसले नेपालमा ८२ डिलरसीप, ९३ सर्भिस सेन्टर र ९१ भन्दा बढी स्पेयर पाट्र्स आउटलेट सहित २६६ भन्दा बढी सम्पर्कस्थानमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।
हिरोका उत्पादनहरूमा एचएफ डिलक्स, स्प्लेन्डर प्लस, सुपर स्प्लेन्डर, ग्ल्यामर, ग्ल्यामर एक्सटेक, हंक १५०आर, एक्सट्रीम १६०आर, एक्सट्रीम २००आर, प्लेजर, माएस्ट्रो एज, डेस्टिनी १२५, माएस्ट्रो एज १२५, एक्सपल्स २००टी र एक्सपल्स २०० फोरभी रहेका छन्।