BIZMANDU
www.bizmandu.com

टीभीएसको ‘कायापलट’ योजनामा ग्राहकले जिते लाखौंको नगद उपहार, बम्पर उपहारमा ५० लाख जित्न सकिने

२०७९ भदौ २९

टीभीएसको ‘कायापलट’ योजनामा ग्राहकले जिते लाखौंको नगद उपहार, बम्पर उपहारमा ५० लाख जित्न सकिने
टीभीएसको ‘कायापलट’ योजनामा ग्राहकले जिते लाखौंको नगद उपहार, बम्पर उपहारमा ५० लाख जित्न सकिने


काठमाडौं। टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ल्याएको ‘कायापलट’ योजनाको आठौं दिनमा धापासीका भुजेन्द्र सरु मगरले १०० प्रतिशत क्यासब्याक जित्न सफल भएका छन्।

Tata
Global Ime

कम्पनीका अनुसार उनले बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ रि एफआइ स्कुटर खरिद गर्दा १०० प्रतिशत क्यासब्याक पाउन सफल भएका हुन्। उनले उक्त एन्टर्क री एफआई स्कुटरको मूल्य बराबरको क्यासब्याक जित्न सफल भएका हुन्।

यस्तै स्याङ्जाका ईमबहादुर गुरुङले बुटवलको बालाजी अटोमोबाईल्सबाट एन्टर्क १२५ एफआइ स्कुटर नकिन्दै चार हजार र किनेपछिे एक लाखगरी कुल १ लाख ४ हजार रुपैयाँ हात पारेका छन्। साथै ललितपुरका असनकुमार राईले बालकुमारीको न्याब इन्जिनियरिङबाट एन्टर्क १२५ एफआइ स्कुटर नकिन्दै २५ हजार र किनेपछिे एक हजार गरी २६ हजार रुपैयाँ हात पार्न सफल भएका छन्।

कम्पनीका अनुसार योजनाबारे सोधपुछ गर्ने ८ जना ग्राहकहरुले रियलमी सी३ स्मार्ट फोन जितेका छन्।

यो योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्। 'कायापलट' योजनाअन्तर्गत नकिन्दै एक लाख र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको छ।

हरेकदिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाइ रियलमी सी३ स्मार्ट फोन प्रिदान गरिने कम्पनीले जनाएको छ। साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाखको नगद पुरस्कार उपलब्ध गरिने छ।

यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ। जस अन्तर्गत २० प्रतिशत डाउन पेमेन्ट वा चार हजार २०० को मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिन्छ।

यो योजना देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ र विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुँदै आएको कम्पनीले जनाएको छ।।