BIZMANDU
www.bizmandu.com

२० वर्षपछि डलरभन्दा कमजोर भएको युरोले फेरि लय समात्यो, २.२६ रुपैयाँले बलियो बन्यो युरो

२०७९ भदौ २९

२० वर्षपछि डलरभन्दा कमजोर भएको युरोले फेरि लय समात्यो, २.२६ रुपैयाँले बलियो बन्यो युरो
२० वर्षपछि डलरभन्दा कमजोर भएको युरोले फेरि लय समात्यो, २.२६ रुपैयाँले बलियो बन्यो युरो


काठमाडौं। २० वर्षपछि युरोलाई उछिनेको डलर फेरि कमजोर देखिन थालेको छ। २०७९ भदौ ८ गते डलरले २० वर्षपछि युरोलाई उछिनेको थियो।

Tata
Global Ime

यो दिन डलरको भाउ १२८ रुपैयाँ ९ पैसा र युरोको १२७ रुपैयाँ ८ पैसा कायम भएको थियो।

यसपछि डलर र युरोबीच ‘आसपास’ चलिरह्यो। डलरको भाउ बुधबार साउन १९ यताकै कमजोर कायम भएको छ। बुधबार डलरभन्दा युरो २ रुपैयाँ २६ पैसाले बलियो भइसकेको छ।

साउन ५ गते उच्चतम अंक अर्थात १२८ रुपैयाँ २९ पैसासम्म डलर पुगेको थियो। यति बेला युरो १३० रुपैयाँ ७५ पैसा थियो।

२०२२ लागेपछि युरो १३७ रुपैयाँ ६६ पैससम्म पुगेको थियो। उच्चतम बिन्दुमा युरो २०७८ माघ २९ गते पुगेको थियो। यो दिन डलरको भाउ जम्मा १२० रुपैयाँ ९२ पैसा मात्र थियो।

जेठ २० गतेबाट १२३ रुपैयाँ हुँदै उक्लिएको डलर त्यसपछि निरन्तर उक्लियो। उच्चतम बिन्दुकै आसपास डलर कायम भइरहँदा युरो भने कमजोर भएर २० वर्षपछि डलरभन्दा कमजोर भएको थियो। पछिल्ला तीन/चार दिनयता भने युरो बलियो बन्दै गएको छ।

बुधबारका लागि एक डलरको भाउ १२६ रुपैयाँ ९४ पैसा र युरोको १२९ रुपैयाँ २० पैसा कायम भएको छ।