BIZMANDU
www.bizmandu.com

सुनको मूल्य लगातार घट्दै, बुधबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार

२०७९ भदौ २९

सुनको मूल्य लगातार घट्दै, बुधबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार
सुनको मूल्य लगातार घट्दै, बुधबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार


काठमाडौं। सुनको मूल्यमा फेरि गिरावट आएको छ। अघिल्लो दिनको भन्दा तोलामा ७ सय रुपैयाँले घटेर बुधवार  ९२ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
Global Ime

मंगलबार सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँ रहेको थियो।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रतितोला एघार सय ७५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी  तोलामा ३५ रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमिक घट्न थालेको छ। मंगलबार प्रतिऔंस १७२२.०८ डलर रहेको सुन बुधबार घटेर  प्रतिऔंस १७०० डलर मा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रतिऔंस १९.७१ डलरबाट  घटेर १९. ३१ डलर भएको छ।