BIZMANDU
www.bizmandu.com

भाटभटेनीको दसैंतिहार अफर, विभिन्न सामानमा १० देखि ३०% सम्म छुट, चिनी ६९ रुपैयाँ किलो

२०७९ भदौ २९

भाटभटेनीको दसैंतिहार अफर, विभिन्न सामानमा १० देखि ३०% सम्म छुट, चिनी ६९ रुपैयाँ किलो
भाटभटेनीको दसैंतिहार अफर, विभिन्न सामानमा १० देखि ३०% सम्म छुट, चिनी ६९ रुपैयाँ किलो


विराटनगर। स्वदेशमा सबैभन्दा बढी २३ वटा आउटलेट भएको भाटभटेनी सुपर स्टोरले दसैँतिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै छुटको योजना ल्याएको छ।

Tata
Global Ime

भाटभटेनीले बुधबारदेखि देशभरिकै स्टोरमा लागु हुने गरी छुटको योजना सार्वजनिक गरेको हो। भटभटेनीका व्यवस्थापक विनोद भट्टराईका अनुसार सुपर स्टोरले विभिन्न सामग्रीमा १० देखि ३० प्रतिशतसम्मको छुटको योजना ल्याएको छ। ग्रोसरी आइटममा एक सामान खरीद गर्दा अर्को उपहार दिने योजना समेत छ।

भाटभटेनीले भारतीय सीमा क्षेत्र नजिकका ७ वटा स्टोरमा चिनी ६९ रुपैयाँमा बेच्ने घोषणा गरेको छ। भारतीय बजारमा चिनी ६५ रुपैयाँ किलो पर्छ।सीमा क्षेत्रका विराटनगर, इटहरी, नेपालगञ्ज, भैरहवा, धनगढी, हेटौंडा र बुटवलका स्टोरमा भाटभटेनीले चिनीको मूल्य प्रतिकिलो ६९ कायम गरेको हो।

यसअघि भाटभटेनीका ती स्टोरमा चिनी ८० रुपैयाँ थियो। काठमाडौंमा भने चिनी किलोको ८४ रुपैयाँ कायम गरिएको छ। यसअघि काठमाडौंको भाटभटेनी स्टोरमा चिनी किलोको ९४ रुपैयाँ थियो। दसैंका बेलामा उपभोक्ताले सबैभन्दा बढी खरिद गर्ने कुकरमा १५ प्रतिशत छुट राखिएको छ। 

ग्रोसरीतर्फ केलोक्स कम्पनीको ओट्स र कर्नफ्लेक्समा ३० प्रतिशत छुट छ। विभिन्न कम्पनीका ब्रान्डेड बिस्कुट, साबुन र स्याम्पुमा १० प्रतिशत छुट छ। आरएस कम्पनीको २ लिटरको ओलिभ आयल खरीद गर्दा अर्को २ लिटर सित्तैँमा पाइने अफर छ। 

स्टोरले सबै प्रकारका गार्मेन्ट, सारी र कुर्तामा १०, फुटवेयरमा १० र गोल्डस्टार कम्पनीका फुटवेयरमा १५ प्रतिशत छुटको अफर ल्याएको छ।इलेक्ट्रोनिक सामग्रीहरू टीभी, फ्रिज, वासिङ मेसिनलगायतका सामानमा ३० प्रतिशतसम्म छुट छ।