BIZMANDU
www.bizmandu.com

प्रोटोनले ल्यायो नयाँ अफर ‘गन्तव्य खुशीयालीको’, हरेक सागा सेडानको खरिदमा एनटर्क स्कूटर पाइने

२०७९ भदौ ३०

प्रोटोनले ल्यायो नयाँ अफर ‘गन्तव्य खुशीयालीको’, हरेक सागा सेडानको खरिदमा एनटर्क स्कूटर पाइने
प्रोटोनले ल्यायो नयाँ अफर ‘गन्तव्य खुशीयालीको’, हरेक सागा सेडानको खरिदमा एनटर्क स्कूटर पाइने


काठमाडौं। प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो दसै-तिहारलाई लक्षित गरेर नयाँ अफर 'गन्तव्य खुशीयालीको' योजना ल्याएको छ।

Tata
Global Ime

कम्पनीका अनुसार यो योजनाअन्तर्गत हरेक सागा सेडानको खरिदमा एनटर्क स्कूटर पाउन सकिन्छ। यस्तै सो अफरमा पहिलो वर्षको सडक कर र बिमा पाउनुका साथै सहज-इन-हाउस फाइनान्स, एक्सचेन्ज बोनस र हरेक टेस्ट ड्राइभमा आकर्षक उपहारहरू पनि पाउन सकिने कम्पनीले जनाएको छ।

यो अफर प्रोटोनका सागा सेडान र एक्स् ५० र एक्स् ७० एसयुभीमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ। यो योजना भाद्र ३० गते देखि देशभर सीमित अवधिको लागि मात्र लागू हुनेछ।

जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्धता सुनिश्चित गर्न राष्ट्रव्यापी रुपमा डिलरहरुको संजाल निर्माण गरेको छ।