काठमाडौं। तीन दिनदेखि सुनको मूल्य क्रमिक घट्न थालेको छ। बिहीबार सुन तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार तोलामा ७ सय रुपैयाँले घटेर सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य बिहीबार तोलामा ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक हजार एक सय ८० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलामा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार एक सय ७५ रुपैयाँमा थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घट्दा यसको प्रभाव स्थानीय बजारमा परेको छ। बिहीबार सुन प्रतिऔंस १६८८.१२ डलर र चाँदी प्रतिऔंस १९.४६ डलरमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतिऔंस १७ सय डलर र चाँदी प्रतिऔंस १९. ३१ डलर थियो ।