BIZMANDU
www.bizmandu.com

मूल्य वृद्धि पोहोरभन्दा दोब्बर, साउनमा ८.२६ प्रतिशतले उक्लियो, गैरखाद्यमा झन् धेरै बढ्यो

२०७९ भदौ ३०

मूल्य वृद्धि पोहोरभन्दा दोब्बर, साउनमा ८.२६ प्रतिशतले उक्लियो, गैरखाद्यमा झन् धेरै बढ्यो
मूल्य वृद्धि पोहोरभन्दा दोब्बर, साउनमा ८.२६ प्रतिशतले उक्लियो, गैरखाद्यमा झन् धेरै बढ्यो


काठमाडौं। मूल्य वृद्धि दर ८.२६ प्रतिशत पुगेको छ। सरकार र राष्ट्र बैंकले सात प्रतिशत हुने लक्ष्यभन्दा माथि मूल्य वृद्धि पुगेको हो।

Tata
Global Ime

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनको आर्थिक अवस्था सार्वजनिक गर्दै राष्ट्र बैंकले मूल्य वृद्धि उकालो लागेको जनाएको हो।

पोहोर साउनमा मूल्य वृद्धि दर ४.३५ प्रतिशत थियो। मूल्य वृद्धि दर लगभग दोब्बरले उक्लिएको हो। खाद्य तथा पेय पदार्थको ७.११ र गैरखाद्य तथा सेवातिरको ९.१८ प्रतिशतले मूल्य वृद्धि उक्लिएको छ।

गत असारमा मूल्य वृद्धि ८.०८ प्रतिशत थियो। साउनमा थप उक्लिएको हो। खाद्यभन्दा पनि गैरखाद्यतिरको मूल्य वृद्धि अधिक भएको हो।