BIZMANDU
www.bizmandu.com

खाद्य कम्पनीले अर्को साता मात्रै खसीबोकाको मूल्य तोक्ने, खसीबोका भने किन्न बाँकी

२०७९ भदौ ३०


काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ पसलमा बिक्री गर्ने खसीबोकाको मुल्य अर्को साता मात्रै तय  गर्ने भएको छ। कम्पनीले हरेक वर्ष घटस्थापनाको भोलिपल्टदेखि सुपथ मूल्यमा करिब २ हजार भन्दा बढी खसीबोका बिक्री गर्दै आएको छ।

Tata
Global Ime

यो पटक कम्पनीले घटस्थापनाको एक साता अघिमात्र मूल्य तोक्न लागेको हो।  

खसीबोकाको खरिद र बिक्री मूल्य असोज ५ गते पछिमात्र तोकिने कम्पनीका नायब महाप्रबन्धक श्रीमणीराज खनालले बताए। 'यति बेला सबै जिल्लामा खसीबोका बुझ्ने काम भइरहेको छ, '  उनले भने। 

उनले चाँडै मूल्य तोक्दा निजी क्षेत्रले पनि खेल्ने अवसर पाउने भएकाले एक सातापछि  तोक्न लागिएको बताए।अघिल्लो वर्ष प्रतिकेजी ५ सय ५० रुपैयाँमा खसीबोका बिक्री गरेको थियो।