BIZMANDU
www.bizmandu.com

सुन तोलामा एक हजार रुपैयाँ घट्यो, शुक्रबार प्रतितोला ९१ हजार ५ सय, चाँदीमा पनि गिरावट

२०७९ भदौ ३१

सुन तोलामा एक हजार रुपैयाँ घट्यो, शुक्रबार प्रतितोला ९१ हजार ५ सय, चाँदीमा पनि गिरावट
सुन तोलामा एक हजार रुपैयाँ घट्यो, शुक्रबार प्रतितोला ९१ हजार ५ सय, चाँदीमा पनि गिरावट


काठमाडौं। साताको अन्तिम दिन सुन तोलामा एक हजार रुपैयाँले घटेको छ। शुक्रबारका लागि बजार मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

Tata
Global Ime

बिहीबार तोलामा ३ सय रुपैयाँले घट्दा कारोबार मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ थियो।

चाँदीको मूल्य शुक्रबार तोलामा १० रुपैयाँले घटेको छ। प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला ११ सय ८० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १६६४.१८ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १९.१८ डलर छ। बिहीबार सुन प्रतिऔंस १६८८.१२ डलर र चाँदी १९.४६ डलरमा कारोबार भएको थियो।