BIZMANDU
www.bizmandu.com

अब हट एयर बलुनको प्राविधिक नेपालमै, सन्तबहादुर र सुधीर बने पहिलो स्वदेशी प्राविधिक

२०७९ भदौ ३१

अब हट एयर बलुनको प्राविधिक नेपालमै, सन्तबहादुर र सुधीर बने पहिलो स्वदेशी प्राविधिक
अब हट एयर बलुनको प्राविधिक नेपालमै, सन्तबहादुर र सुधीर बने पहिलो स्वदेशी प्राविधिक


काठमाडौं। हट एयर बलुनको प्राविधिक निरीक्षण र मर्मतसम्भारका लागि मुलुकमै पहिलोपटक जनशक्ति तयार भएका छन्।

Tata
Global Ime

नागरिक उड्डयन प्राधिकरणबाट सन्तबहादुर लामिछाने र सुधीर श्रेष्ठले हट एयर बलुनको प्राविधिकको लाइसेन्स प्राप्त गरेका हुन्।

मुलुकमै दक्ष जनशक्ति उत्पादन भएसँगै सेवा थप चुस्त हुने बताउँदै बलुन नेपालका अध्यक्ष विक्रम वादेले बताए।

'लामिछाने र श्रेष्ठ हट एयर बलुनको प्राविधिक हुनु अघि सामान्य मर्मतका लागि पनि विदेशी प्राविधिक बोलाउनुपर्ने अवस्था थियो,' अध्यक्ष वादेले भने, 'समयमै प्राविधिक उपलब्ध नहुँदा एक दुई महिना नै अपरेसन बन्द गर्नु पर्ने अवस्था थियो। अब सजिलो होला भन्ने लागेको छ।'

रिक्रिएसनल एयरक्राफ्टस अल्ट्रालाइट, जायरोकप्टरका पाइलट सन्तबहादुर लामिछाने मुलुककै पहिलो एयरक्राफ्ट इन्जिनियर र स्वदेशमै पढेका पहिलो अल्ट्रालाइट पाइलट हुन्। एयरक्राफ्ट बनाउनका लागि तोकेको मापदण्डका आधारमा परीक्षा उत्तीर्ण गरेपछि उनले २००६ देखि प्राविधिक र पाइलटको रुपमा काम गर्दै आएका छन्। उनी सन् २०१७ देखि नेपालको पहिलो र एकमात्र जायरोकप्टर पाइलट हुन्।

यसैगरी अल्ट्रालाइट पाइलट सुधीरले दक्षिण अफ्रिकाबाट पाइलट कोर्स गरेर नेपाल आएका हुन्। पोखरामा हट एयर बलुन उड्ने भएपछि यही नै प्राविधिक उत्पादन गर्ने उद्देश्यले सन् २०१९ मा बेलायती प्रशिक्षक अलेक्जेन्डर ब्रेनकोर्टले आधारभूत तालिम दिएका थिए। सन् २०२२ को १० जुनदेखि १६ सम्म एडभान्स तालिम लिएका उनले प्राधिकरणको परीक्षा दिएका थिए।

हाल मुलुकमा हट एयर बलुनको सर्टिफाइड टेक्निकल स्टाफ सुधीर र सन्त मात्रै हुन् । सन् २०१९ मा सरकारले नेपालमै लाइसेन्स दिने नीति बनाएपछि उड्डयन प्राधिकरणले परीक्षाको मापदण्ड तयार गरेको थियो।

हट एयर बलुनको प्राविधिकका लागि ५ वटा पेपर पास गरेपछि मात्रै प्राधिकरणले अनुमति पत्र दिने प्रावधान छ। पर्यटकीय क्षेत्रमा सय्चालन गरिने हट एयर बलुन पोखरामा छ।