काठमाडौं। ग्लोबल आइएमई बैंकले ग्लोबल स्मार्ट प्लसको क्युआरमार्फत भुक्तानी गर्ने दुई जनालाई आइफोन -१३ दिने भएको छ। दसैंलाई लक्षित गर्दै बैंकले यो योजना ल्याएको हो।
असोज १ गतेदेखि महिनाभर चल्ने यो अभियानको अन्त्यमा गोलाप्रथा मार्फत २ जना ग्राहकहरुलाई आइफोन १३ प्रदान गरिने बैंकले जनाएको छ।
यो योजना सहभागी हुन महिनाभर पाँच सय वा सो भन्दा बढीको क्युआरमार्फत ६ वटा भुक्तानी हुनुपर्ने बैंकले जनाएको छ।
बैंकले यो योजना स्वीफ्ट टेक्नोलोजी तथा स्मार्ट च्वाइस टेक्नोलोजिजको सहकार्यमा ल्याएको जनाएको छ।