BIZMANDU
www.bizmandu.com

चाडपर्व लक्षित गर्दै नबिल बैंकले ल्यायो घर कर्जा, मूल्यांकनको ७० प्रतिशतसम्म ऋण पाइने

२०७९ असोज २

चाडपर्व लक्षित गर्दै नबिल बैंकले ल्यायो घर कर्जा, मूल्यांकनको ७० प्रतिशतसम्म ऋण पाइने
चाडपर्व लक्षित गर्दै नबिल बैंकले ल्यायो घर कर्जा, मूल्यांकनको ७० प्रतिशतसम्म ऋण पाइने


काठमाडौं। नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै ‘दशैं तिहार घर कर्जा धमाका’ नामक आवास कर्जा योजना ल्याएको छ।

Tata
Global Ime

योजना अन्तर्गत बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा नि.शुल्क क्रेडिट कार्ड योजना ल्याएको विज्ञप्तिमा उल्लेख छ। 

आवास कर्जा घर खरिद, घर निमार्ण, तल्ला थप, रंग रोगनका लागि उपलब्ध गराइने छ। बैंकका अनुसार, पहिलो घर खरिदकर्ताका लागि घरको मुल्यांकन ७० प्रतिशतसम्म कर्जा लिन सक्ने प्रावधान रहने र सामान्य अवस्थामा ६० प्रतिशतसम्म कर्जाको व्यवस्था गरिएको छ।

३५ वर्षसम्मकोे कर्जा अवधि सुविधा भएको आवास कर्जामा सरल र सानो किस्ताबाट विस्तारै कर्जा चुक्ता गर्ने सुविधा पनि बैंकले प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ।