BIZMANDU
www.bizmandu.com

एससीटी र गेटवे पेमेन्टबीच अन्तरआबद्धता सम्झौता, एकअर्काको सेवा उपयोग गर्न पाउने

२०७९ असोज २

एससीटी र गेटवे पेमेन्टबीच अन्तरआबद्धता सम्झौता, एकअर्काको सेवा उपयोग गर्न पाउने
एससीटी र गेटवे पेमेन्टबीच अन्तरआबद्धता सम्झौता, एकअर्काको सेवा उपयोग गर्न पाउने


काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र गेटवे पेमेन्ट सर्भिस (जीपीएस) ले सञ्चालन तयारी गरेको युपीआइ नेपाल क्यूआरबिच अन्तरआवद्धताको लागि सम्झौता भएको छ। 

Tata
Global Ime

एससीटीले बिगत २० वर्षदेखि प्रयोगमा रहेको एससीटी युपीआइ कार्ड, स्मार्ट क्यूआर लगायतको भुक्क्तानी सुबिधा दिदै आएको छ।

नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इंडिया (एनपीसीआइ) मा आबद्ध भुक्क्तानी संयन्त्र मार्फत नेपाल र भारतबीच पनि कारोबार गर्न सकिने सेवाको सुरुवात गेटवे पेमेन्टले गर्दैछ। 

सम्झौताले मुलुकको समग्र डिजिटल भुक्क्तानी प्रणालीको बिकास तथा प्रवर्द्धनमा टेवा पुग्ने विज्ञप्तिमा उल्लेख छ। 

राष्ट्र बैंकको निर्देशन अनुसार अन्तर्आबद्धता सम्झौता भएको हो। युपीआइ नेपाल क्यूआरको सुबिधा लिने बिभिन्न ब्यापार/ब्यवशायलाई स्मार्ट क्यूआरको नेटवर्क अन्तरगत रहेको भुक्तानी सेवा प्रदायक (पीएसपी) वालेट तथा मोबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्तानी गर्न सक्छन।

स्मार्ट क्यूआर मार्फत भुक्तानी लिदै आएका ब्यापार/ब्यवशायले युपीआइ नेपाल क्यूआर नेटवर्कमा आबद्ध ग्राहकहरु मार्फत पनि भुक्तानी लिन मिल्ने भएको छ। 

एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु तथा गेटवे पेमेन्टका महाप्रबन्धक प्रवीण रेग्मीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।