BIZMANDU
www.bizmandu.com

बीवाइडीले सुरु गर्‍यो चार्जिङ स्टेसनसहितको ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टर, ‘धेरै ठाउँमा आवश्यक’

२०७९ असोज २

काठमाडौं। बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले चार्जिङ स्टेनसनसहितको ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टरको सुरुवात गरेको छ। कम्पनीले आइतबार एक कार्यक्रम आयोजना गरी आफ्नो सर्भिस सेन्टर संचालनमा ल्याएको हो।

Tata
Global Ime

सर्भिस सेन्टरको उद्घाटन नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले गरेका थिए। बजारमा गाडीको संख्या वृद्धिसँगै सर्भिस सेन्टरको आवश्यकता बढ्दै गएकोले सुविधा सम्पन्न सर्भिस सेन्टर संचालनमा ल्याएको कम्पनीले जनाएको छ।

'हामी ग्राहकलाई उत्कृष्ट सेवा दिन चाहन्छौं। बढ्दो विद्युतीय सावरीसाधनको माग र त्यसमा आउन सक्ने समस्याको विषयमा सजग हुँदै अगाडि बढ्नु आज सबै विद्युतीय गाडी विक्रेताको जिम्मेबारी हो,' साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन, 'त्यो जिम्बेवारीलाई पूर्ण आत्मबोध गर्दै हामीले स्टेट अफ आर्ट सर्भिस सेन्टर बनाएका हौं।'

यस्तै घिसिङले यस्ता सर्भिस सेन्टरहरु निर्माण हुनुपर्ने बताएका छन्। देशभर सर्भिस सेन्टर र चार्जिङ नेटवर्कको विस्तार हुन सकेमात्रै सबै उपभोक्ताको विद्युतीय साधनमा आत्मबल बढ्ने उनको भनाइ छ।

उक्त सर्भिस सेन्टर करिब २७ हजार स्क्वायर फिटमा फैलिएको छ। अहिले ६ वटा वे निर्माण गरेर संचालनमा ल्याइएको यो सर्भिस सेन्टरमा ४ वटा वे पछि थप्न मिल्ने गरी तयार गरिएको छ। यहाँ गाडीलाई आवस्यक पर्ने स्पेयर पार्ट्सको वायर हाउस पनि तयार गरिएको छ।