BIZMANDU
www.bizmandu.com

दसैंका लागि अहिलेनै ८० प्रतिशत हवाई टिकट बुकिङ, हवाई भाडा पनि आकासियो

२०७९ असोज ३

दसैंका लागि अहिलेनै ८० प्रतिशत हवाई टिकट बुकिङ, हवाई भाडा पनि आकासियो
दसैंका लागि अहिलेनै ८० प्रतिशत हवाई टिकट बुकिङ, हवाई भाडा पनि आकासियो


काठमाडौं। दसैं आउन एक साता बाँकी हुँदानै हवाई टिकट ८० प्रतिशत सकिएको छ। आन्तरिक हवाई उडान गर्दै आएका हवाई कम्पनीले ८० प्रतिशत टिकट बुक भइसकेको जनाएका छन्।

Tata
Global Ime

ती कम्पनीका अनुसार अब २० प्रतिशत मात्रै टिकट बाँकी छ। केही गन्तब्यको टिकटनै सकिएको छ। तुम्लिङटारको अहिलेनै शतप्रतिशत बुकिङ भइसकेको छ। बुद्ध एयरले हालसम्म ४० प्रतिशत अग्रिम बुकिङ भइसकेको जनाएको छ। 'बुकिङ आउने क्रम जारी छ। अहिले सम्म ४० प्रतिशत अग्रिम बुकिङ आइसकेको छ। माग आएको अवस्थामा हामी उडान संख्या विस्तार गर्नेछौं,' कम्पनीका विक्री तथा बजार निर्देशक रुपेश जोशीले बिजमाण्डूसँग भने।

उनका अनुसार तुम्लिङटारमा शतप्रतिशत बुकिङ भइसकेको छ। दसैंका लागि हाल सम्म करिब ७० प्रतिशत अग्रिम बुकिङ भइसकेको यती एयरलाइन्सले जनाएको छ।

'अधिकांश यात्रुले लास्ट आवरमा आएर अनलाइनमार्फत बुकिङ गर्दै आएका छन्। घटस्थापना पछिको दिनहरुमा टिकट पाउनै मुस्किल हुनेछ। हामीले यही कुरालाई मध्यनजर गर्दै उडान संख्या विस्तार गर्ने योजना बनाएका छौं,' कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन वर्तौलाले भने।

दसैंका लागि ८० प्रतिशत अग्रिम बुकिङ भइसकेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले बताए। उनका अनुसार अहिलेनै यात्रुको चाप उच्च छ। मानन्धरले पश्चिमी गन्तब्यमा उडान माग अत्यधिक रहेक बताउँदै पूर्वमा विराटनगरमा चाप बढी रहेको जानकारी दिए।  

घटस्थापनाको भोलिपल्ट देखि टिकाको अघिल्लो दिनसम्मका लागि ८० प्रतिशत भन्दा बढी अग्रिम बुकिङ रहेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले बताए। काठमाडौं फर्कनका लागि टिकाको भोलिपल्ट देखिका लागि ७० प्रतिशत टिकट अग्रिम बुकिङ भइसकेको उनले जानकारी दिए।

'गत वर्षको तुलनामा यो वर्ष चाडपर्वका लागि आइरहेको अग्रिम बुकिङ संख्या उल्लेख्य रहेको छ। हामीले यात्रु सहजतालाई मध्यनजर गर्दै माग अनुसार उडान संख्या विस्तार गर्नेछौं,' प्रवक्ता थापाले भने।

टिकट सकिन थालेपछि भाडादर पनि उकालो लागेको छ। दसैंका लागि सबै गन्तब्यको भाडा महँगो भएको छ। सोमबारनै विराटनगरको सुरुवाती भाडा नै ५ हजार ५ सय रुपैयाँ छ। दसैंको टिकाको दिनका लागि सोमबारनै विराटनगर- काठमाडौंको न्यूनतम भाडा ४५ सय र अधिकतम भाडादर १० हजार १ सय ५ रुपैयाँ छ। सोमबारनै काठमाडौं-धनगढीको हवाई भाडा अधिकतम १७ हजार रुपैयाँ छ। टिकाको दिनका लागि सोमबारनै टिकट बुकिङ गरे यही गन्तब्यको भाडादर न्यूनतम ६५ सय र अधिकतम १६ हजार ९ सय २५ रुपैयाँ छ।

जानका लागि कुन गन्तब्यका लागि कति भाडादर (घटस्थापनाको दिन)

गन्तव्य

सुरुवाती भाडादर

अधिकतम भाडादर

सामान्यतया सुरुवाती भाडादर

काठमाडौं-विराटनगर

८,८९०/-

१०,२०५/-

५,५००/-

काठमाडौं-धनगढी

१४,०२५/-

१७,०२५/-

७,५००/-

काठमाडौं-भैरहवा

७,५४५/-

८,६७५/-

५,०००/-

काठमाडौं-भद्रपुर

९,५३५/-

१२,९५५/-

६,२५०/-

काठमाडौं-नेपालगञ्ज

१०,५२०/-

१२,७८०/-

६,८५०/-

काठमाडौ-पोखरा

४७००/-

६,९८५/-

४,१००/-

काठमाडौं-भरतपुर

४,९९०/-

४,९९०/-

४,३९०/-

काठमाडौं-जनकपुर

५,४२०/-

५,८६०/-

३,९५०/-

 

काठमाडौं फर्कनका लागि कति छ भाडादर (टिकाको दिन)

गन्तव्य

सुरुवाती भाडादर

अधिकतम भाडादर

विराटनगर-काठमाडौं

४,५००/-

१०,१०५/-

धनगढी-काठमाडौं

६,५००/-

१६,९२५/-

भैरहवा-काठमाडौं

४,२००/-

८,६७५/-

भद्रपुर-काठमाडौं

५,२४५/-

१२,८५५/-

नेपालगञ्ज-काठमाडौं

५,८५०/-

१३,८८०/-

पोखरा-काठमाडौं

४,१००/-

६,८८५/-

भरतपुर-काठमाडौं

४,२९०/-

४,८९०/-

जनकपुर-काठमाडौं

३,१५०/-

५,७६०/-