BIZMANDU
www.bizmandu.com

तातोपानी नाकाबाट ९ दिनमा ४० वटा कन्टेनर भित्रिए, राजस्व ६ करोड रुपैयाँभन्दा बढी संकलन

२०७९ असोज ४


काठमाडौं। तातोपानी नाका खुलेको ९ दिनमा ४० वटा कन्टेनर भित्रिएको छ। तिब्बतमा कोभिड फैलिएपछि बन्द भएको नाका बल्ल खुलेको हो।

Tata
Global Ime

नाका संचालनमा आएको ९ दिनमा ४० वटा कन्टनेर भन्सारमा आएको तातोपानी भन्सार कार्यालयका  भन्सार अधिकृत लक्ष्मण बास्तोलाले बताए।

चाडपर्व नजिकिएकाले भन्सारमा रोकिएको कन्टेनरहरु धमाधम आउन थालेको उनले बताए। सुरुवाती समयमा चिनियाँ पक्षले नियमित रुपमा सामान पठाएका थिएनन्।

नाकाबाट रेडिमेड कपडा, स्याउ, लसुन र हाइड्रोका सामान लगायतका सामान भित्रिरहेको उनको भनाइ छ।

उनका अनुसार, तातोपानी भन्सार कार्यालयमा बन्द नाका खुलेपछि राजस्व बढ्न थालेको छ। जसमा ९ दिनमा करिब ६ करोडभन्दा बढी राजस्व संकलन भएको छ। गएको महिनाको अन्तिम साता र असोज लागेपछि राजस्व संकलन भएको हो। भन्सारमा एक सातामा करिब एक करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो।

साथै, असोज लागेपछि भाटभोटेनी सुपरमार्केटको सामान करिब ८ वटा कन्टेनर आएको थियो। उक्त कन्टेनरबाट मात्र करिब ४ करोड ५८ लाख भन्दा बढी रकम उठेको भन्सार अधिकृत बास्तोलाले बताए।