BIZMANDU
www.bizmandu.com

सुन तोलामा ४ सय रुपैयाँ वृद्धि, मंगलबार प्रतितोला ९१ हजार ८ सय , चाँदीमा झिनो बढोत्तरी

२०७९ असोज ४

सुन तोलामा ४ सय रुपैयाँ वृद्धि, मंगलबार प्रतितोला ९१ हजार ८ सय , चाँदीमा झिनो बढोत्तरी
सुन तोलामा ४ सय रुपैयाँ वृद्धि, मंगलबार प्रतितोला ९१ हजार ८ सय , चाँदीमा झिनो बढोत्तरी

काठमाडौं। सुनको मूल्य मंगलबार तोलामा ४ सय रुपैयाँले बढेको छ। कारोबार मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
Global Ime

सोमबार तोलामा ४ सय रुपैयाँले घट्दा प्रतितोला ९१ हजार ४ सय रुपैयाँ भएको थियो। एक दिन बिराएर पुनः साताको पहिलो दिनकै भाउमा फर्किएको हो।

चाँदीको मूल्य मंगलबार तोलामा ५ रुपैयाँले बढेको छ। चाँदीको कारोबार मूल्य प्रतितोला ११ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबारका तुलनामा तोलामा १० रुपैयाँ बढ्दा सोमबार कारोबार मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ९ डलरले बढेको छ। सोमबार प्रतिऔंस १६६८.४० डलर रहेको सुन मंगलबार बढेर  प्रतिऔंस १६७३.५० डलरमा कारोबार भएको छ।

चाँदीमा पनि सामान्य वृद्धि छ। मंगलबार प्रतिऔंस १९.४३ डलरमा कारोबार भएको चाँदी बढेर १९.४६ डलरमा छ।