BIZMANDU
www.bizmandu.com

सिटिजन लाइफ इन्स्योरेन्सको संस्थापक सेयरधनीबाट ५०% रकम जम्मा भएन, थपियो समय

२०७९ असोज ४

सिटिजन लाइफ इन्स्योरेन्सको संस्थापक सेयरधनीबाट ५०% रकम जम्मा भएन, थपियो समय
सिटिजन लाइफ इन्स्योरेन्सको संस्थापक सेयरधनीबाट ५०% रकम जम्मा भएन, थपियो समय


काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीबाट ५० प्रतिशत रकम जम्मा नभएपछि थप समय गर्ने जनाएको छ।

Tata
Global Ime

कम्पनीले गत साउन २० गतेबाट असोज ७ गतेभित्र कायम चुक्ता पुँजीको ५०  प्रतिशत रकम जम्मा गर्न समय तोकेको थियो। सो समयभित्र  रकम  जम्मा नभएपछि तीन साताको लागि समय थप गरेको कम्पनीले जनाएको छ।

बीमा समितिले चालु आर्थिक वर्षको चैत मसान्तभित्र जीवन बीमा कम्पनीलाई ५ अर्ब पुँजी पुर्‍याउन निर्देशन दिएको छ। हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ छ। कम्पनीले प्राथमिक सेयर निष्कासन पनि गरेको छैन। अरु कम्पनीसँग मर्जरमा समेत नजाने भएकाले पुँजी पुर्‍याउन आधारभूत सेयरधनीबाटै थप पुँजीको जोहो गर्दैछ।

कायम चुक्ता पुँजीमा संस्थापकहरुको ५० प्रतिशत रकम जोडिएपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ। कम्पनीले संस्थापकहरुबाट रकम उठाउँदा पनि तोकेको पुँजी पुग्दैन। कम्पनीलाई थप २ अर्ब ३७ करोड रुपैयाँ चाहिन्छ।