BIZMANDU
www.bizmandu.com

नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्‍यो डायनामिक क्यूआर सेवा, २ लाखसम्मको भुक्तानी लिने

२०७९ असोज ४


काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इसेवासँगको सहकार्यमा डायनामिक क्यूआर पेमेन्ट सिस्टम सुरु गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त सेवाको उद्‍घाटन गरेका हुन्।

Tata
Global Ime

नेपाल लाइफ क्यूआर भुक्तानी प्रणाली सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एक मात्र जीवन बीमा कम्पनी बनेको दाबी कम्पनीको छ। अब नेपाल लाइफका देशभरिका शाखा तथा उपशाखाहरुबाट उक्त सेवा लिन सकिने छ।

प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए। आगामी दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई कम्पनीले जारी राख्ने उनको भनाइ छ। 

यस प्रणालीबाट २ लाख रुपैयाँसम्मको भुक्तानी लिन सकिन्छ। यसमा ६० भन्दा बढी बैंक, सहकारी, लघुवित्त तथा मोबाइल वालेटको कारोबार हुने जनाइएको छ।

ग्राहकपिच्छे फरक-फरक क्यूआर बन्ने र भुक्तानी गर्नासाथ आफैं सिस्टममा अपडेट हुने यसको विशेषता रहेको कम्पनीले जनाएको छ।