BIZMANDU
www.bizmandu.com

नबिल बैंकले चाडपर्व लक्षित विद्युतीय गाडी कर्जाको विशेष योजना ल्यायो, नाडा इभी एक्स्पोमा अफर

२०७९ असोज ४

नबिल बैंकले चाडपर्व लक्षित विद्युतीय गाडी कर्जाको विशेष योजना ल्यायो, नाडा इभी एक्स्पोमा अफर
नबिल बैंकले चाडपर्व लक्षित विद्युतीय गाडी कर्जाको विशेष योजना ल्यायो, नाडा इभी एक्स्पोमा अफर


काठमाडौं। नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै विद्युतीय गाडी कर्जाको विशेष योजना ल्याएको छ।

Tata
Global Ime

बैंकले यही असोज ६ गतेदेखि असोज ९ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन गइरहेको नाडा इभी एक्स्पोमा सहभागी हुँदै आफ्ना ग्राहकहरुरलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रशासनिक शुल्कमा विशेष छुट उपलब्ध गराउने जनाएको छ। 

वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो आकर्षक अफर ल्याएको बैंकले जनाएको छ। 

एक्स्पोमा बैंकको स्टल नं. जी-१२ मा ग्राहकहरुलाई तत्काल ऋण मूल्यांकन गरी कर्जा स्वीकृति पत्र शर्तहरु लागु हुने गरी प्रदान गर्ने सुविधा ल्याएको छ।