काठमाडौं। केही दिनदेखि सुनको मूल्यमा उतारचढाव भइरहेको छ। अघिल्ल्लो दिनको भन्दा सुन तोलामा ५ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि कारोबार मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ निर्धारण भएको हो ।
मंगलबार सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँ बजार मूल्य थियो। चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ।बुधबार चाँदी प्रतितोला एक हजार एक सय ७० रुपैयाँ कायम छ।
मंगलबार चाँदी तोलामा ५ रुपैयाँले बढेको थियो। पछिल्लो समय चाडपर्वले सुनको मागमा वृद्धि हुन थालेको सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १६६२.१२ डलर भने चाँदी प्रतिऔंस १९.२७ डलरमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतिऔंस १६७३.५० डलरमा र चाँदी प्रतिऔंस १९.४६ डलर थियो ।