BIZMANDU
www.bizmandu.com

यती एयरलाइन्स २५ औं वर्षमा प्रवेश, गत वर्ष साढे १० लाख यात्रुले लिए सेवा, अब १५ लाखको लक्ष्य

२०७९ असोज ५

यती एयरलाइन्स  २५ औं वर्षमा प्रवेश, गत वर्ष साढे १० लाख यात्रुले लिए सेवा, अब १५ लाखको लक्ष्य
यती एयरलाइन्स २५ औं वर्षमा प्रवेश, गत वर्ष साढे १० लाख यात्रुले लिए सेवा, अब १५ लाखको लक्ष्य


काठमाडौं। निजी वायुसेवा कम्पनी यती एयरलाइन्स बुधबारबाट २५ वर्षमा प्रवेश गरेको छ। कम्पनीले पछिल्लो एक वर्षमा साढे १० लाख यात्रुलाई सेवा दिएको जनाएको छ।

Tata
Global Ime

कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन वर्तौलाले जहाजको संख्या बढेसँगै यात्रु पनि बढेको बताए।

 'दुई वर्ष अघि हामीसँग जहाज धेरै भएपनि सिट संख्या कम थियो। अहिले ठूला जहाजमात्र हुँदा सिट संख्या वृद्धि भएको अवस्था छ। अर्को वर्ष थप एउटा एटीआर-७२ ल्याएर यात्रु संख्या १५ लाख पुर्‍याउने लक्ष्य छ,' उनले भने।

यो अवधिमा १५ हजार नौ सय २५ वटा उडान भएको उनले बताए। बर्तौलाका अनुसार तीमध्ये २७ हजार छ सय ६३ जना विदेशी यात्रुले यात्रा गरेका थिए।

उनका अनुसार एक वर्षको अवधिमा कम्पनीले एक लाख ५४ हजार दुई सय ८७ किलो कार्गो ढुवानी गरेको छ। कम्पनीले छिट्टै सिआइपी 'कमर्सियल इम्पोर्टेन्ट पर्सन' का लागि टिआइएको डिपार्चर हलमा लाउन्ज सुविधा दिने उनले बताए।

त्यस्ता यात्रुले पूरै भाडा तिर्नेले यो सेवा पाउनेछन्। कम्पनीले पोखरा र भैरहवामा यो सेवा दिने तयारी गरेको छ। कम्पनीले पाँचवटा एटीआर-७२ सिरीजको जहाजमार्फत पोखरा, भरतपुर, विराटनगर, भद्रपुर लगायत मुलुकको विभिन्न सुगम गन्तब्यमा नियमित उडान गर्दै आएको छ। कम्पनीले हालै थप एउटा एटीआर-७२ सिरिजको जहाज थपेको छ। अहिले कम्पनीमा ७ सय ३० जना कर्मचारी कार्यरत छन्।

यती अन्तर्गतको भगिनी कम्पनी तारा एयरले भने तीनवटा ट्विनअटर जहाजमार्फत मुलुकको विकट गन्तब्यमा उडान सेवा दिँदै आएको छ। कम्पनीले रारा, जुम्ला, सिमिकोट, बाजुरा, जोमसोम, लुक्ला लगायत गन्तब्यमा उडान गर्दै आएको छ।