BIZMANDU
www.bizmandu.com

आइएमई पेले पनि बढायो ब्याजदर, अब वालेट प्रयोगकर्ताहरुले ७.१३ प्रतिशत ब्याज पाउने

२०७९ असोज ६

आइएमई पेले पनि बढायो ब्याजदर, अब वालेट प्रयोगकर्ताहरुले ७.१३ प्रतिशत ब्याज पाउने
आइएमई पेले पनि बढायो ब्याजदर, अब वालेट प्रयोगकर्ताहरुले ७.१३ प्रतिशत ब्याज पाउने



काठमाडौं। एकमात्र ब्याज दिने वालेट आइएमई पेले यो महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ। आइएमई पेले साविकमा दिँदै आएको ६.०३% को ब्याजदर बढाएर ७.१३% कायम गरेको छ। 

Tata
Global Ime

प्रयोगकर्ताहरुले अब बैंकमा पाइनेझैँ सेवा मोबाइल वालेटमा आइएमई पे मार्फत पाउने कम्पनीले जनाएको छ। प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा एक हजार रुपैयाँ राखेर सुपरवालेटमा रूपान्तरण भइ यो सुविधा पाउने बताइएको छ। 

आर्थिक समावेशीकरण एवम् वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्त्वपूर्ण कदम हुने विश्वास कम्पनीले लिएको छ। यसका अतिरिक्त अन्य उपभोक्तालाई पनि डिजिटल भुक्तानीमा आकर्षित गर्न यो महत्त्वपूर्ण आयाम हुन सक्ने भनाइ कम्पनीको छ।  

आइएमई पेका ग्राहकहरुले दसैं, तिहार र छठको अवसरमा आइएमई पे डिजिटल दसैं तिहार २०७९ अभियान अन्तर्गत आइएमई पे मार्फत कुनै पनि कारोबार गरेर बम्परमा राफ्ट वारिअरको इ स्कुटी, दैनिकमा दराजको डिस्काउन्ट भाउचरको साथै अन्य धेरै उपहारहरु जित्ने मौका पाउने बताइएको छ।