BIZMANDU
www.bizmandu.com

विद्युतीय सवारीलाई मात्रै प्राथमिकता दिने नीति बन्दै, अर्थमन्त्रीले भने-‘अध्ययन समिति बनेको छ’

२०७९ असोज ६

विद्युतीय सवारीलाई मात्रै प्राथमिकता दिने नीति बन्दै, अर्थमन्त्रीले भने-‘अध्ययन समिति बनेको छ’
विद्युतीय सवारीलाई मात्रै प्राथमिकता दिने नीति बन्दै, अर्थमन्त्रीले भने-‘अध्ययन समिति बनेको छ’


काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय सवारी साधनलाई मात्रै प्राथमिकतामा राखेर सरकारले नीति बनाउन लागेको बताएका छन्।

Tata
Global Ime

नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले आयोजना गरेको नाडा इभी एक्स्पो उद्घाटन गर्दै उनले सो जानकारी दिएका हुन्।

उनले पेट्रोलियमको खपत कम गर्न अध्ययन समिति गठन भएको जानकारी दिँदै भने-' सो समितिले हामी कति वर्षभित्र विद्युतीय सवारी मात्रै आयात गर्न सकिन्छ भन्ने बारेमा अध्ययन गर्नेछ।' उनले विद्युतीय गाडि नेपालमै बन्नुपर्ने बताउँदै एसेम्बल्ड प्लान्ट लगाएमा सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए।

अर्थमन्त्री शर्माले हरित ऊर्जामा लगानी गर्न समेत आग्रह गरे। उनले बजेटमा व्यवस्था भए अनुसार सिमेन्ट, पानी र जुत्ताचप्पलमा ८ प्रतिशत नगद अनुदान दिने कार्यविधि समेत अन्तिम चरणमा पुगेको बताउँदै यसले विदेशी मुद्रा संचिति बढाउने समेत बताए।