BIZMANDU
www.bizmandu.com

निफ्राका सेयरधनीलाई लाभांश पोहोरभन्दा आधा घट्यो, ४.२१ प्रतिशत नगद दिने, बोनस छैन

२०७९ असोज ७

निफ्राका सेयरधनीलाई लाभांश पोहोरभन्दा आधा घट्यो, ४.२१ प्रतिशत नगद दिने, बोनस छैन
निफ्राका सेयरधनीलाई लाभांश पोहोरभन्दा आधा घट्यो, ४.२१ प्रतिशत नगद दिने, बोनस छैन


काठमाडौं। नेपाल पूर्वाधार विकास बैंक(निफ्रा)को लाभांश दर घटेको छ। ब‌ैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ४.२१०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

Tata
Global Ime

पोहोर बैंकले ८.४२ प्रतिशत लाभांश दिएको थियो। बैंकले बोनस सेयर नदिने निर्णय गरेको छ।

बैंकले ४.२१०५ प्रतिशत नगद नै दिने छ। पोहोर बैंकले ८ प्रतिशत बोनस दिएको थियो।

बैंकले कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ९० करोड ९३ लाख रुपैयाँ नगद दिने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।