BIZMANDU
www.bizmandu.com

इलामका पोखरेलले जिते इसेवाको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनामा १ लाख

२०७९ असोज ७

इलामका पोखरेलले जिते इसेवाको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनामा १ लाख
इलामका पोखरेलले जिते इसेवाको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनामा १ लाख



काठमाडौं। इसेवाले सञ्चालन गरेको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनामा इलामका अनुपम पोखरेलले नगद एक लाख रूपैयाँ जितेका छन्। नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवा मार्फत भुक्तानी गरेका थिए। 

Tata
Global Ime

इसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले जेठ ५ गतेदेखि भदौ ५ गतेसम्म लखपति योजना सञ्चालन गरेको थियो।  

यस योजनामा बम्पर उपहार बिजेता अनुपम पोखरेललाई बीमा गराउने अभिकर्ता रोहित पोखरेलले समेत २० हजार रुपैयाँ नगद जित्न सफल भएको इसेवाले जनाएको छ। साथै पोखरेलले बीमा गरेको नेपाल लाइफ इन्स्योरेन्सको इलाम शाखाले समेत नगद २० हजार रुपैयाँ पाएको छ। विजेताहरूलाई शुक्रबार एक कार्यक्रमबीच इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले नगद हस्तान्तरण गरेका छन्। 

लखपति योजनाभर इसेवाबाट बीमा शुल्क भुक्तानी गर्ने ९४ जनाले नगद एक/एक हजार रुपैयाँ जित्न सफल भएको इसेवाले जनाएको छ। इसेवाले हरेक हप्ता गोलाप्रथा मार्फत साप्ताहिक विजेता चयन गरेको थियो। 

‘हामीले बीमितहरुले घरमै बसेर बसेर आफ्नो बीमा शुल्क भुक्तानी गर्नका लागि प्रोत्साहन मिलोस् भन्ने उदेश्यले यो योजना सञ्चालन गरेका थियौं। यसमा आम बिमितहरुको उत्साहजनक सहभागीता रह्यो। यसले हामीलाई थप हौसला प्रदान गरेको छ। आगामी दिनमा पनि हामीले बीमा क्षेत्रमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न थप योजनाहरु सार्बजनिक गर्नेछौं,’ इसेवाका सीइओ सापकोटाले भने।

योजना अवधिभर इसेवामार्फत ४ अर्ब बढीको कारोबार गरेको थियो। यस अवधिमा ६० वटा भन्दा धेरै बीमा शुल्क इसेवा मार्फत भुक्तानी भएको इसेवाले जनाएको छ।