BIZMANDU
www.bizmandu.com

सिद्धार्थ बैंकको ‘दसैंको बहार, क्यासब्याक उपहार’ योजना, २० प्रतिशतसम्म क्यासब्याक हुने

२०७९ असोज ९

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले दसैंको बहार, क्यासब्याक उपहार योजना ल्याएको छ। डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले असोज ८ गतेदेखि लागु हुने गरी योजना ल्याएको हो।   

Tata
Global Ime

योजना अन्तर्गत ग्राहकले असोज १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पीओएस अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत (अधिकतम २०० रुपैयाँ) क्यासब्याक पाउन सक्ने छन्।

योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्पm आकर्षित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिंदै आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११८ शाखारहित बैंकिङ सेवा, १,७०० भन्दा बढी पीओएस मेसिन र २०,००० भन्दा बढी क्युआर मर्चेन्ट मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्त्व दिंदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न डिजिटल बैंकिङ सुविधाहरु आफ्नो वेबसाइटमा रहेको इजी बैंक पोर्टलमार्फत समेत प्रदान गर्दै आएको विज्ञप्तिमा जनाएको छ।