BIZMANDU
www.bizmandu.com

कच्चा तेल ९ महिना यताकै सस्तो, ब्रेन्ट क्रुड प्रतिब्यारेल ८६ डलरमा झर्‍यो, नेपालमा पनि सस्तिएला?

२०७९ असोज ९

काठमाडौं। कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा ९ महिना यताकै सबैभन्दा सस्तो भएको छ। य्रक्रेन र रुसबीच युद्ध सुरु भएपछि लगातार बढिरहेको कच्चा तेल एक समय  प्रतिब्यारेल १३९ डलरसम्म पुगेको थियो। जनवरीदेखि यति कम मूल्यमा कच्चा तेलको कारोबार भएको यो पहिलो पटक हो।

Tata
Global Ime

हाल ब्रेन्ड क्रुडको प्रतिब्यारल ८६ डलर र डब्ल्युटीआईको प्रतिब्यारल ७९ डलरमा कारोबार भइरहेको छ। यो एक हप्ताको अवधिमा कच्चा तेलको मूल्य प्रति ब्यारल लगभग ५ प्रतिशतले घटेको छ।

विश्लेषकहरूले विश्व आर्थिक मन्दीको चिन्ता र आकाशिएको अमेरिकी डलरको मूल्य तेलको मूल्य घटाउने मुख्य कारण रहेको दाबी गरेका छन्। बलियो अमेरिकी डलरले विदेशमा तेलको मागलाई कमजोर बनाउँछ।

यस्तै पछिल्लो समय चीनमा कोरानाका कारण लकडाउन भइरहेको छ। उक्त लकडाउनका कारण तेलको मागमा कमी आएको छ। माग कम भएपछि  स्वाभाविक रुपमा तेलको मूल्य घट्ने गर्दछ। यस्तै एक महिना अगाडि तेल उत्पादन तथा आपूर्तिकर्ताको समूह ओपेक प्लसले अक्टोबरदेखि प्रतिदिन १ लाख ब्यारेलले कम उत्कपादन गर्ने निर्णय गरेका थिए।

ओपेक र यसका सहयोगीहरू जसलाई सामूहिक रूपमा ओपेक प्लस भनेर चिनिन्छ। उनीहरुले उत्पादनमा कटौती गर्ने निर्णय गरेको केही दिन पछि कच्चा तेलको मूल्यमा यसरी गिरावट आएको हो।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावटले नेपालको अर्थतन्त्रमा सकारत्मक असर गर्नेछ। यसले आगामी दिनमा भारतले पठाउने तेलको मूल्य पनि कम भएर आउने गर्छ। भारतबाट तेलको मूल्य घटेर आएपछि नेपाल आयात निगमको घाटा र व्यापार घाटा दुवै कम हुने गर्दछ।