BIZMANDU
www.bizmandu.com

साउन र भदौमा एक अर्ब १९ करोड बराबरको ४४१ वटा विद्युतीय सवारी भित्रिए, सबैभन्दा बढी भारतबाट

२०७९ असोज ९

साउन र भदौमा एक अर्ब १९ करोड बराबरको ४४१ वटा विद्युतीय सवारी भित्रिए, सबैभन्दा बढी भारतबाट
साउन र भदौमा एक अर्ब १९ करोड बराबरको ४४१ वटा विद्युतीय सवारी भित्रिए, सबैभन्दा बढी भारतबाट


काठमाडौं। साउन र भदौमा १ अर्ब १९ करोड बराबरको विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। भन्सार विभागको तथ्यांकअनुसार यो दुई महिनामा विद्युतीय कार, जीप र भ्यान गरी ४ सय ४१ वटा आयात भएका छन्।

Tata
Global Ime

यस्तै सरकारले यसबाट भन्सार शुल्क जम्मा ४० करोड रुपैयाँ संकलन गरेको छ। साथै भदौमा भारतबाट मात्रै ३ सय ४ वटा विद्युतीय गाडी आयात भएका छन्। भारतबाट टाटाको विद्युतीय सवारी आयात हुने गरेको छ।

यसैगरी कोरियाबाट ६४ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। नेपालमा कोरियाबाट हुन्डाईका गाडीहरु आयात हुने गरेका छन्।

यस्तै यो दुई महिनामा चीनबाट ४० वटा मात्र विद्युतीय सवारी आयात भएका छन्। चीनमा कोभिड-१९ को कारणले लकडाउन तथा नाका बन्द गरिएको छ। यसले गर्दा नेपाल आयात हुने सवारीसाधनहरु बाटोमा रोकिएका छन्। चीनबाट नेपालमा बीवाइडी, एमजी लगायतका ब्रान्डका विद्युतीय गाडीहरु आयात हुने गरेका छन्।

विभागको तथ्यांक अनुसार अमेरिकाबाट पनि यो दुई महिनामा ४ वटा विद्युतीय गाडी आयात भएका छन्। अमेरिकाबाट टेस्लाको गाडीहरु नेपाल आयात हुने गरेका छन्।