BIZMANDU
www.bizmandu.com

राष्ट्रिय वाणिज्य बैंकको पिओएस र क्युआर प्रयोग गर्दा क्यासब्याक अफर, एक हजार रुपैयाँसम्म पाउने

२०७९ असोज ९

काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकले दसैं तिहार नेपाल सम्बत र छठ पर्वका लागि विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने अफर ल्याएको छ।

Tata
Global Ime

बैंकले पिओएसको माध्यमबाट हुने कारोबारमा प्रति कारोबार एक हजार रुपैयाँ वा सो भन्दा बढीको कार्ड स्वाइप गर्दा क्यास ब्याकको अफर ल्याएको जनाएको हो।

राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट वा वाणिज्य बैंकको पिओएस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक पाइने बैंकले जाएको छ।

यस अन्तर्गत तीन देखि पाँच पटकको कार्ड स्वाइपमा ५ प्रतिशत वा अधिकतम क्यास ब्याक पाँच सय पाइने बताइएको छ। यसैगरी ६ देखि १० पटकको कार्ड स्वाइपमा १० प्रतिशत वा अधितकम ७५० रुपैयाँ र १५ पटकको कार्ड स्वाइपमा अधिकतम १५ प्रतिशत वा एक हजार मध्ये जुन कम हुन्छ सो बराबरको कारोबार रकम क्यास ब्याक हुने जारी बिज्ञप्तीमा उल्लेख छ। बैंकले यो योजना असोज १० गतेदेखि कार्तिक १३ गतेसम्म लागू हुने जनाएको छ।

यसैगरी असोज ७ देखि १४ गतेसम्म तथा कार्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्रयोग गरी क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत वा एकसय रुपैयाँमध्ये जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुने बताइएको छ।