BIZMANDU
www.bizmandu.com

भाट-भटेनी सुपर मार्केटमा नेपाल पे क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाइने  

२०७९ असोज १०

काठमाडौं। भाट-भटेनी सुपरमार्केटका ग्राहकहरुले अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत अधिकतम वा १०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन्। 

Tata
Global Ime

क्यासब्याक अफर नेपाल भरीका भाटभटेनीका शाखाहरुमा असोज ९ देखि २२ गतेसम्म उपलब्ध हुनेछ।

डाइनामिक क्युआरको रुपमा हालै डिपार्ट्मेन्ट स्टोरमा उपलब्ध नेपाल पे क्युआरमा ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट वा कनेक्ट आइपीएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्दछन्। 

भाट-भटेनीमा नेपाल पे क्युआरको सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान सोलुसन्सको सहकार्यमा सुरु गरिएको हो। 
चाडपर्वको समयमा देशको सबैभन्दा ठूलो रिटेल स्टोरमा लागू गरिएको उक्त अफरमार्फत नगदरहित भुक्तानीलाई थप प्रोत्साहन हुने विज्ञप्तिमा उल्लेख छ।

हाल नेपाल पे क्युआरको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसीएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स,  सेलपे, मोरु र कनेक्ट आइपीएस मोबाइल एपमा उपलब्ध छ।

अन्य बैंक वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुने छ। भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट एपको क्युआर स्क्यान स्क्रिनमा नेपाल पेको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ।